लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन « Khabarhub

लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरि सार्वजनिक निकायमा नियुक्ति नगर्न-नगराउन निर्देशन गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ ।

आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ ।

राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजाय भएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ४४ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा