सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली « Khabarhub

सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको वस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यहरूसहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुगेका हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा खतरामुक्त अवस्थामा उपचार भइरहेको छ।

उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

यसअघि ओली सौर्यको विमान दुर्घटनास्थल पनि पुगेका थिए । उनले विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ पनि लिए ।

सरकारले आजै मन्त्रिपरिषद् बैठक राखेर जहाज दुर्घटना छानबिनका लागि आयोग बनाएको छ ।  दुर्घटनामा ज्यान गुमाउनेको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित