सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सौर्यका पाइलटको अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको वस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यहरूसहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुगेका हुन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा खतरामुक्त अवस्थामा उपचार भइरहेको छ।

उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

यसअघि ओली सौर्यको विमान दुर्घटनास्थल पनि पुगेका थिए । उनले विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ पनि लिए ।

सरकारले आजै मन्त्रिपरिषद् बैठक राखेर जहाज दुर्घटना छानबिनका लागि आयोग बनाएको छ ।  दुर्घटनामा ज्यान गुमाउनेको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०४ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ