शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता « Khabarhub

शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले शहीद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार गृहमन्त्रालयमा भेट्न पुगेकी मुकेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा शहीद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु ,’ गृहमन्त्री लेखकले भने । 

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मुकेशलाई शहीद घोषणा पनि गरेको थियो । तर, राज्यबाट शहीद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ । 

शहीद घोषणा राजपत्रमा प्रकाशित हुँदा मृत्यु भएको मिति नमिलेपछि सुविधाबाट पाउनबाट एक वर्षदेखि मुकेशको परिवार बञ्चित छ । ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन । मन्त्रीज्यूले त्यो सच्याएर सुविधा पाउने व्यवस्था मिलाउछु भन्नु भएको छ,’ मिराले भने ।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा आफ्नो समस्या राखेपनि सम्बोधन नभएको उनको भनाइ थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । 

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै  ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : ०१ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन