बङ्गलादेशमा कर्फ्यु खुकुलो बनाइँदै « Khabarhub

बङ्गलादेशमा कर्फ्यु खुकुलो बनाइँदै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्युलाई खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

शान्ति सुव्यवस्था कायम गर्न मुलुक वरपरका सहरहरूमा हजारौँ सैनिकले गस्ती गरिरहेका छन् र अधिकांश बङ्गलादेशी इन्टरनेटविहीन छन् ।

यद्यपि धेरै दिनको अनियन्त्रित हिंसापछि सडकहरू शान्त देखिनासाथ सरकारी अनुमति प्राप्त भएपछि बङ्गलादेशको आर्थिकरूपमा महत्त्वपूर्ण कपडा कारखाना पुनः सञ्चालन भएका छन् ।

कपडा उद्योगले बङ्गलादेशका लागि वार्षिक निर्यात राजस्वमा ५० अर्ब डलर उत्पन्न गर्छ । यस उद्योगबाट एच एन्ड एम, जारा, ग्याप र अन्य प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि कपडा सिलाउन लाखौँ युवा महिलाहरूले रोजगारी पाएका छन् ।

बङ्गलादेश गार्मेन्ट मेनुफेक्चरर्स एन्ड एक्सपोर्ट्स एसोसिएसनका प्रवक्ताले कपडा कारखानाहरूले ‘देशभर’ व्यवसाय पुनः सुरु गरेको बताए । हसिनाका गृहमन्त्री असदुज्जामान खान कपडा मजदुरहरूलाई काममा फर्कन अनुमति दिन जारी कर्फ्युबाट छुट दिन सहमत हुनुभएको एसोसिएसनका प्रवक्ताले बताए ।

केही व्यवसायलाई पुनः सुरु गर्न बुधबार करफ्युलाई खुकुलो पारिएको छ तर अधिकांश बङ्गलादेशीका लागि हरेक दिन १९ घन्टासम्म करफ्यु प्रभावकारी रहन्छ । सरकारका प्रवक्ता शिबली सादिकका अनुसार बैंक, राजधानी ढाकामा स्टक एक्सचेन्ज र केही सरकराी कार्यालय पनि स्टे होम अर्डरमा दैनिक ब्रेक मिलाउन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ८ : १५ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको