शेखर–गगन पक्षले सात प्रदेशमा माग्यो ११ मन्त्रालय « Khabarhub

शेखर–गगन पक्षले सात प्रदेशमा माग्यो ११ मन्त्रालय


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला समूहले प्रदेश सरकार गठनको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै आपत्ति जनाएको छ ।

प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा आफ्ना माग वेवास्ता गरिएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो कोइराला समूहको सहभागीताबारे मंगलबार दिउँसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा– २ वाग्मतीमा–३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदुरपश्चिममा–१ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समुहको धारणा सुनाएका थिए । तर अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको कोइरालाको सचिवालयले जनाएको छ । विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक शेखर कोइराला पूर्णरुपमा बेखबर भएको बताइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : २२ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,