जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग « Khabarhub

जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गरेका हुन् । उनले सो अकल्पनीय एवम् भयावह दुर्घटनामा परि ज्यान गुमाएका प्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्  ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते हुनुभएको छ । घाइते चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले सो घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न बैठकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ३३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान