सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त « Khabarhub

सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक शोक विज्ञप्ति जारी गरी १८ जनाले अकालमा ज्यान गुमाउने गरी भएको जहाजÞ दुर्घटनाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्तव्ध भएको उल्लेख गरेका छन् ।

चितवनको सिमलटारमा बस दुर्घटनामा करिब ६५ यात्रुसहितको अवस्था अज्ञात रहेको दुःखदायी घटनाबाट बाहिर निस्कन नपाई अर्को अकल्पनीय हवाइ दुर्घटना हुनु अत्यन्तै पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले दुर्घटनामा आफन्तजन गुमाउन पुगेका परिवारजनप्रति समवेदना र दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको अवस्थामा यसको दीर्घकालीन समाधान नखोजी दुर्घटना जॉंचबुझ आयोग बनाइ प्रतिवेदन लिने र त्यसपछि थप कारबाही नगरी बस्ने प्रवृत्ति देखिएको छ । दुर्घटना पश्चात् सरकारद्वारा जॉचबुझ आयोग गठन गर्ने काम स्वागतयोग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान गर्दैन । युरोपियन युनियनको ‘सेफ्टी अडिट’ मा सुधार गर्न दिएका सुझावलाई आलटाल गर्ने प्रवृत्ति अहिलेको दुर्घटनाको मुख्य कारक हो । तसर्थ, सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालक सबैले आआफ्नो जिम्मेवारी निर्वाहमा कठोरतापूर्वक लाग्न र नेपाल सरकारले तत्काल नेतृत्व लिन सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ४३ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।