सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त « Khabarhub

सौर्य एयरको विमान दुर्घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज बिहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक शोक विज्ञप्ति जारी गरी १८ जनाले अकालमा ज्यान गुमाउने गरी भएको जहाजÞ दुर्घटनाले राष्ट्रिय प्रजातन्त्र पार्टी स्तव्ध भएको उल्लेख गरेका छन् ।

चितवनको सिमलटारमा बस दुर्घटनामा करिब ६५ यात्रुसहितको अवस्था अज्ञात रहेको दुःखदायी घटनाबाट बाहिर निस्कन नपाई अर्को अकल्पनीय हवाइ दुर्घटना हुनु अत्यन्तै पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राप्रपाले दुर्घटनामा आफन्तजन गुमाउन पुगेका परिवारजनप्रति समवेदना र दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको अवस्थामा यसको दीर्घकालीन समाधान नखोजी दुर्घटना जॉंचबुझ आयोग बनाइ प्रतिवेदन लिने र त्यसपछि थप कारबाही नगरी बस्ने प्रवृत्ति देखिएको छ । दुर्घटना पश्चात् सरकारद्वारा जॉचबुझ आयोग गठन गर्ने काम स्वागतयोग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान गर्दैन । युरोपियन युनियनको ‘सेफ्टी अडिट’ मा सुधार गर्न दिएका सुझावलाई आलटाल गर्ने प्रवृत्ति अहिलेको दुर्घटनाको मुख्य कारक हो । तसर्थ, सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालक सबैले आआफ्नो जिम्मेवारी निर्वाहमा कठोरतापूर्वक लाग्न र नेपाल सरकारले तत्काल नेतृत्व लिन सरकारको ध्यानाकर्षण गराउँदछौँ ।”

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ४३ बजे

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा