ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई पुनः आर्थिक सहयोग « Khabarhub

ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई पुनः आर्थिक सहयोग


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसहित श्रीलङ्कामा रोकिएका पूर्वाधार परियोजनाहरूमा जापानले पुनः आर्थिक सहयोग सुरु गरेको सरकारी अधिकारीहरूले बुधबार बताएका छन् ।

दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा जापानलगायत द्विपक्षीय ऋणदाताहरूले परियोजना कोषमा कटौती गरेका थिए ।

“जापान निलम्बित परियोजनाहरूका लागि आर्थिक सहयोग पुनः सुरु गर्ने पहिलो मुलुक हो”, श्रीलङ्कामा जापानका राजदूत हिदेकी मिजुकोशीले पत्रकारहरूसँग भने ।

श्रीलङ्काको वित्त मन्त्रालयका एक अधिकारीका अनुसार जापानले आगामी साताहरूमा कोलम्बो विमानस्थलको विस्तारसहित कोलम्बोको सार्वभौम ‘डिफल्ट’ पछि निलम्बित ११ परियोजनाहरूका लागि करिब सात करोड ५० लाख डलरको पहिलो किस्ता जारी गर्नेछ ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा जापानको ऋणको पोर्टफोलियो दुई अर्ब ३० करोड डलर रहेको अनुमान गरिएको छ । त्यस्तै जापान अर्को एक अर्ब १० करोड डलरको चालु परियोजनाहरूका लागि प्रतिबद्ध रहेको छ र यसलाई आगामी पाँच वर्षमा वितरण गरिनेछ ।

द्विपक्षीय ऋण पुनर्संरचना सबै ऋणदाताहरूका लागि ‘तुलनायोग्य व्यवहार’ का साथ निष्पक्ष तरिकाले गरिएकामा टोक्यो सन्तुष्ट रहेको जापानी राजदूतले बताए । चीनपछि जापान श्रीलङ्काका लागि दोस्रो सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता हो ।

कोलम्बोले चार हप्ताअघि आफ्नो द्विपक्षीय ऋणदाताहरूसँग १० अर्ब डलरसम्मको ऋण कभर गर्न पुनर्संरचना सम्झौता गरेको थियो । यो सन् २०२२ को वित्तीय दुर्घटनापछि सुधारको दिशामा महत्त्वपूर्ण कदम हो ।

त्यतिबेला विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण श्रीलङ्का खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको आयात गर्न असमर्थ हुँदा मुलुकले महिनौँसम्म व्यापक अभावको सामना गर्नुपरेको थियो ।

आक्रोशित जनताको भिडले तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेको घरमा आक्रमण गरेपछि उनी अस्थायीरूपमा विदेश भाग्नुपरेको थियो । विदेशबाटै उनले राजीनामा दिएका थिए।

उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको राहत प्याकेजमा सम्झौता गरे । उनले मुलुकको बिग्रिएको वित्तीय अवस्था पुनःस्थापित गर्न सहयोग गर्न करहररु बढाएका छन् र उदार सार्वजनिक अनुदानमा कटौती गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १९ बजे

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट