ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई पुनः आर्थिक सहयोग « Khabarhub

ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई पुनः आर्थिक सहयोग


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसहित श्रीलङ्कामा रोकिएका पूर्वाधार परियोजनाहरूमा जापानले पुनः आर्थिक सहयोग सुरु गरेको सरकारी अधिकारीहरूले बुधबार बताएका छन् ।

दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका बेला श्रीलङ्काले ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा जापानलगायत द्विपक्षीय ऋणदाताहरूले परियोजना कोषमा कटौती गरेका थिए ।

“जापान निलम्बित परियोजनाहरूका लागि आर्थिक सहयोग पुनः सुरु गर्ने पहिलो मुलुक हो”, श्रीलङ्कामा जापानका राजदूत हिदेकी मिजुकोशीले पत्रकारहरूसँग भने ।

श्रीलङ्काको वित्त मन्त्रालयका एक अधिकारीका अनुसार जापानले आगामी साताहरूमा कोलम्बो विमानस्थलको विस्तारसहित कोलम्बोको सार्वभौम ‘डिफल्ट’ पछि निलम्बित ११ परियोजनाहरूका लागि करिब सात करोड ५० लाख डलरको पहिलो किस्ता जारी गर्नेछ ।

श्रीलङ्काली अधिकारीहरूका अनुसार श्रीलङ्कामा जापानको ऋणको पोर्टफोलियो दुई अर्ब ३० करोड डलर रहेको अनुमान गरिएको छ । त्यस्तै जापान अर्को एक अर्ब १० करोड डलरको चालु परियोजनाहरूका लागि प्रतिबद्ध रहेको छ र यसलाई आगामी पाँच वर्षमा वितरण गरिनेछ ।

द्विपक्षीय ऋण पुनर्संरचना सबै ऋणदाताहरूका लागि ‘तुलनायोग्य व्यवहार’ का साथ निष्पक्ष तरिकाले गरिएकामा टोक्यो सन्तुष्ट रहेको जापानी राजदूतले बताए । चीनपछि जापान श्रीलङ्काका लागि दोस्रो सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता हो ।

कोलम्बोले चार हप्ताअघि आफ्नो द्विपक्षीय ऋणदाताहरूसँग १० अर्ब डलरसम्मको ऋण कभर गर्न पुनर्संरचना सम्झौता गरेको थियो । यो सन् २०२२ को वित्तीय दुर्घटनापछि सुधारको दिशामा महत्त्वपूर्ण कदम हो ।

त्यतिबेला विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण श्रीलङ्का खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको आयात गर्न असमर्थ हुँदा मुलुकले महिनौँसम्म व्यापक अभावको सामना गर्नुपरेको थियो ।

आक्रोशित जनताको भिडले तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेको घरमा आक्रमण गरेपछि उनी अस्थायीरूपमा विदेश भाग्नुपरेको थियो । विदेशबाटै उनले राजीनामा दिएका थिए।

उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको दुई अर्ब ९० करोड डलरको राहत प्याकेजमा सम्झौता गरे । उनले मुलुकको बिग्रिएको वित्तीय अवस्था पुनःस्थापित गर्न सहयोग गर्न करहररु बढाएका छन् र उदार सार्वजनिक अनुदानमा कटौती गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : १९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै