विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे « Khabarhub

विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पर्वत –गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् ।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा आजदेखि कुश्मामा सञ्चालित पाँचदिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपद्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताए ।

यस वर्षको मनसुन सुरु भएदेखि गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, “जब रातमा वर्षा हुन्छ अनि भोलि बिहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुन्छ ।”

उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सबै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको बताए।

भारी वर्षापछिको बाढीपहिराका कारण गण्डकी प्रदेशमा धेरै सङ्ख्यामा मानवीय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले उनीहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए ।

उनले जिल्ला जिल्लाबाट राहत र उद्धारका सामग्रीका साथै बजेट माग भइरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका सबै जिल्लाका विद्यालयमा नैतिक शिक्षाको पढाइ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । पछिल्लो समय परिवार र समाजमा नैतिकता, संस्कार, रीतिरिवाजजस्ता प्रचलन हराउँदै गएको भन्दै उनले यसको जगेर्ना गर्नका लागि नैतिक शिक्षा अनिवार्य रुपमा पढाउनुपर्ने आवश्यकता देखिएको बताए ।

मुख्यमन्त्री पाण्डेले केन्द्रमा समीकरण फेरिएसँगै प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तारको प्रक्रिया सुरु भएको र केही दिनमा एमाले र कांग्रेसको सरकार बन्ने दाबी गरे ।

साउन १३ गतेसम्म सञ्चालन हुने योग प्रशिक्षणमा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले सकारात्मक सोच, शान्ति र खुसीको अनुभूति गर्ने विधि, आपसी सम्बन्धमा मधुरता, तनावमुक्त जीवनलगायत बारेमा प्रशिक्षण दिने छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्मा, वरिष्ठ योग प्रशिक्षक राजु घलेलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : २७ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान