भेनिस चलचित्र महोत्सवमा प्रदर्शन हुँदै ‘पूजा, सर’ | Khabarhub Khabarhub

भेनिस चलचित्र महोत्सवमा प्रदर्शन हुँदै ‘पूजा, सर’


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

छायाङ्कनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राखेका छन् । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गरेका छन् ।

“अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्ररम्भ हुँदैछ । यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, उनले भने ।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ ।

यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : ५५ बजे

संवैधानिक निकायमा नियुक्तिविरुद्धको रिट सर्वोच्चले फेरि हेर्न भ्याएन, सुनुवाइ सरेको सर्‍यै

काठमाडौं–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत् संवैधानिक निकायमा

नेपालमा होटल-रेस्टुरेन्टको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौं– नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित

मधेसमा विकास बजेट खर्च निराशाजनक, ०.०५ प्रतिशत मात्रै खर्च 

धनुषा – दोस्रो त्रैमासिक बित्ने बेला हुन लाग्दा समेत मधेस

बालुवाटार प्रकरणमा विष्णु पौडेल पुत्रलाई ओलीको इशारामा जोगाइयो : भीम रावल

काठमाडौं- नेकपा (एमाले) बाट निकालिएका पूर्वअध्यक्ष डा.भीमबहादुर रावलले बालुवाटार जग्गा

नप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा सीमित 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१० अंकले बढेको छ