नुवाकोट दरवार क्षेत्रका संरचना पुनर्निमार्णको पर्खाइमा (तस्बिरहरू) « Khabarhub

नुवाकोट दरवार क्षेत्रका संरचना पुनर्निमार्णको पर्खाइमा (तस्बिरहरू)


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सहरको भिडभाड, कोलाहल, धूवाँधुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका  लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौँसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको  साततले दरबार क्षेत्र, जसले देशको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ  ।

यो पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला नै हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको ।

तर, अहिलेको विडम्बना के छ भने प्राचीन हस्तशिल्पले खिपिएका संरचना सग्लो देख्न पाइँदैन ।

गोरखाको बारपाक भूकम्पले क्षति गरेको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।

सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दा समेत दरबारसहितको संरचनाको पुनर्निर्माण तथा प्रबलीकरण अझै अन्योल छ।

चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : १९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।