नुवाकोट दरवार क्षेत्रका संरचना पुनर्निमार्णको पर्खाइमा (तस्बिरहरू) « Khabarhub

नुवाकोट दरवार क्षेत्रका संरचना पुनर्निमार्णको पर्खाइमा (तस्बिरहरू)


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सहरको भिडभाड, कोलाहल, धूवाँधुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका  लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौँसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नुवाकोटको  साततले दरबार क्षेत्र, जसले देशको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ  ।

यो पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला नै हो नुवाकोट अनेकन शिल्पकलाले सजिएको ।

तर, अहिलेको विडम्बना के छ भने प्राचीन हस्तशिल्पले खिपिएका संरचना सग्लो देख्न पाइँदैन ।

गोरखाको बारपाक भूकम्पले क्षति गरेको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठ वटा संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।

सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दा समेत दरबारसहितको संरचनाको पुनर्निर्माण तथा प्रबलीकरण अझै अन्योल छ।

चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ९ : १९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका