हाउसफुलको सिरिजमा ज्याक्लिनको ‘कमब्याक’   « Khabarhub

हाउसफुलको सिरिजमा ज्याक्लिनको ‘कमब्याक’  


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अक्षय कुमार अभिनीत ‘हाउसफुल’ सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो । निर्माताहरू यसको पाँचौँ किस्ता ल्याउने तयारीमा छन् र यसको घोषणा पनि भइसकेको छ ।

यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।

निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।

तीनसय करोडको निर्माण बजेट रहेको ‘हाउसफुल’ को पाँचौँ सिरिज फ्रेन्चाइजको सबैभन्दा महँगो फिल्म समेत हुने भएको छ ।

फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको सुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।

साजिदले अन्य तीन ए–लिस्टर नायिकालाई पनि कास्टमा समावेश गर्न छलफल गरिरहेको र आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।

यस अघि ‘हाउसफुल ५’ यस वर्षको दीपावलीको अवसरमा रिलिज हुने तय भएपनि निर्माताले यसको रिलिज मिति ६ जुन २०२५ सम्म पुर्‍याएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १० : ५१ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्