तेलको भाउ घट्दा भारतलाई फाइदा « Khabarhub

तेलको भाउ घट्दा भारतलाई फाइदा


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बजारमा तेलको मूल्य घट्दा त्यसको फाइदा भारतले उठाउने देखिएको छ । भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो ।

पछिल्लो समय तेलको मूल्यमा गिरावट आएको छ । पछिल्लो तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर ७४डलर ५१ सेन्ट प्रतिब्यारेल पुगेको छ ।

चीन र अमेरिकी अर्थतन्त्रमा गिरावटको भयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्ने अनुमान गरिएको छ । यससँगै मूल्य घटेको विश्लेषण गरिएको छ ।

यसको लाभ भारतलाई मिल्ने भारतीय समाचार संस्था आईएएनएसले विश्लेषण गरेको छ । भारतले आफ्नो घरेलु खपतको ८५ प्रतिशत तेल आयात गर्दै आएको छ ।

सस्तो मूल्यमा तेल आयात गर्दा एकातिर भुक्तानी सन्तुलन थपबलियो बन्ने र अर्कोतिर घरेलु बजारमा तेलको मूल्य घट्दा मुद्रास्फीति पनि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १२ : ३० बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले