गृह मन्त्रालयद्वारा भारतीय राज्य मन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा भारतीय राज्य मन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका छन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए ।

त्यसपछि मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले दुखद घटना भएको बताए। उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ ।’ मन्त्री लेखकले भने–’ घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धारमा खटिएको थियो ।’

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरे ।

उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरे।

‘दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ ।’ उनले भने–’उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’

गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसीयु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।
शुक्रबार घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।

त्यसैगरी मृतकहरूको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।

गृहमन्त्री लेखकसंगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ । शव परीक्षणपछि शवहरू भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  २ : ४५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून