बोडेमा नाचे १९ देवगण (तस्बिरहरू) « Khabarhub

बोडेमा नाचे १९ देवगण (तस्बिरहरू)


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बोडेमा चार दिनसम्म नाचिने नीलबाराही नाच आज सकिँदैछ । हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट यो नाच सुरू हुने परम्परा छ ।

यो नाचलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रापछिको ठूलो जात्राका रूपमा लिने गरिन्छ। नाच बोडेको नारायणथान लाछीबाट सुरु गरी लाय्कु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा छ।

प्रत्येक टोलको चोकमा धाः बाजा, भुस्याः, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ।

नृत्य टोलीमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणको समूह रहेको हुन्छ ।

तस्बिरहरूः

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ५ : ३३ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान