गौरा नजिकिएसँगै सीमा नाकामा भीडभाड, घर फर्किंदै परदेशी « Khabarhub

गौरा नजिकिएसँगै सीमा नाकामा भीडभाड, घर फर्किंदै परदेशी


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दार्चुला– सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिकिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।  

आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलङ्गा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपश्चिममा  गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । 

यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् । 

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर) मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुर्ख्यौली थलोमा फर्किन गरेका हुन् । 

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ बिछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताए। 

उनकाअनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहेको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ६ : ४५ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक