‘जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न’ « Khabarhub

‘जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न’


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन्  ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसबारे आज ललितपुरमा सञ्चारकर्मीको  प्रश्नमा सिंहले यस्तो बताएका हुन् । 

अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो, उनले भने,  जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नितिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो । 

उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।

त्यस्तै फरक सन्दर्भमा उहाँले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ७ : ४५ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न