काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता « Khabarhub

काठमाडौं आउँदै गरेको हाइलक्स गाडी सुनकोसीमा खस्यो, तीनजना बेपत्ता


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट हाइलक्स गाडी सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ। पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी  सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् । जीप अबिन बाकेले चलाएका थिए ।

गाडी चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । खोजी कार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ८ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको