मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो « Khabarhub

मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ललितपुर – मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन आज जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताए ।

“रथजात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोहीअनुसार मत्र्यमण्डलमा जानकारी दिन जोडी भँगेरा उडाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छाडिन्छ, त्यही कार्य आज भयो”, स्थापितले भने ।

जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो ।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : ५९ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय