१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस « Khabarhub

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा राख्न सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले उक्त बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय गरी सम्बन्धित जिल्ला अदालतलाई सिफारिस गरेको जानकारी दिए ।

बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेस भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

‘असल व्यवहार र आचरण भएका दुईतिहाई सजाय जेलभित्र नै भुक्तान गरिसकेका व्यक्तिहरूलाई प्यारोलमा छोड्न सकिन्छ’, महान्यायाधिवक्ता बडालले भने, ‘प्यारोलमा राख्ने निर्णय गरिएका व्यक्तिले मापदण्ड उल्लङ्घन गरेका छैनन्, एकजनाले एक जिल्लाबाट अर्को जिल्लामा गएको पनि आफैँले गल्ती स्र्वीकार गरेका थिए, अरूले प्यारोलको नियम उल्लङ्घन गरेका छैनन् ।’

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ अनुसार जन्मकैदको सजाय पाएका, भ्रष्टाचारको कसूरमा सजाय पाएका, जबरजस्ती करणी, तेजाब आक्रमण, मानव बेचविखन, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र यातना तथा क्रुर अमानवीय व्यवहारमा सजाय पाएका कैदीले भने प्यारोलमा बस्ने नपाउने व्यवस्था छ ।

बोर्डले १७९ सहित ८१४ जना कैदीलाई प्यारोलमा छोड्ने निर्णय गरिसकेको छ । प्यारोलमा छुटेका कैदीहरूले प्यारोलको अनुशासनमा बसेको समेत अध्ययनले देखाएको महान्यायाधिवक्ता बडालको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : २२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा