इजरायलको २० वर्ष यताकै ठुलो आक्रमण : लेबनानमा ४९२ जनाको मृत्यु « Khabarhub

इजरायलको २० वर्ष यताकै ठुलो आक्रमण : लेबनानमा ४९२ जनाको मृत्यु


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लेबनान – हिजबुल्लाहलाई केन्द्रित गर्दै इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। यो आक्रमण २० वर्ष यताको सबैभन्दा ठुलो हो। हजारौँ जना घर छाडेर भागेका छन्।

सन् २००६ यता हिजबुल्लाहले बनाएको सबै संरचना ध्वस्त गर्ने योजनासहित आक्रमण गरिएको जनाएको छ। यसैबिच हिजबुल्लाहले पनि उत्तरी इजरायललाई लक्षित गर्दै दुई सय रकेट प्रहार गरेको छ। सो रकेट प्रहारमा दुई जना घाइते भएका छन्।

संसारका सबै शक्तिले यो विकराल अवस्थापछि युद्ध विरामको अपिल गरे पनि दुवै देश लगातार आक्रमणमा व्यस्त हुन थालेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले मर्नेमध्ये ३५ बालक तथा ५८ महिला भएको जनाएको छ। कति सर्वसाधारण र सेनाका व्यक्ति भन्ने उल्लेख गरिएको छैन।

स्वास्थ्य मन्त्री फिरास अबियादले आक्रमणले हजारौँ परिवार विस्थापित भएको जनाएका छन्। संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेजले लेबनान अर्को गाजा बन्न लागेकोमा चिन्ता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि चासो व्यक्त गरेका छन्।

लेबनानको सीमामा रहेको गाजामा करिब एक वर्षपछि युद्ध भएपछि अहिले लेबनानमै आक्रमण सुरु भएको छ। यस आक्रमणमा मर्ने सयौँ मध्य धेरै जना हिजबुल्लाहका कमान्डर छन्। हिजबुल्लाहले आफूहरूले हमासको सहयोगका लागि लडी रहको तथा युद्ध विराम नभएसम्म यो कायम रहने जनाएको छ।

हमास र हिजबुल्लाह दुवै समूहलाई इरानको साथ रहेको छ। ती समूहलाई इजरायल, अमेरिका, बेलायत तथा अन्य धेरै पश्चिमा शक्तिले आतङ्ककारी घोषणा गरेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : २९ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड