इजरायलको २० वर्ष यताकै ठुलो आक्रमण : लेबनानमा ४९२ जनाको मृत्यु « Khabarhub

इजरायलको २० वर्ष यताकै ठुलो आक्रमण : लेबनानमा ४९२ जनाको मृत्यु


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लेबनान – हिजबुल्लाहलाई केन्द्रित गर्दै इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। यो आक्रमण २० वर्ष यताको सबैभन्दा ठुलो हो। हजारौँ जना घर छाडेर भागेका छन्।

सन् २००६ यता हिजबुल्लाहले बनाएको सबै संरचना ध्वस्त गर्ने योजनासहित आक्रमण गरिएको जनाएको छ। यसैबिच हिजबुल्लाहले पनि उत्तरी इजरायललाई लक्षित गर्दै दुई सय रकेट प्रहार गरेको छ। सो रकेट प्रहारमा दुई जना घाइते भएका छन्।

संसारका सबै शक्तिले यो विकराल अवस्थापछि युद्ध विरामको अपिल गरे पनि दुवै देश लगातार आक्रमणमा व्यस्त हुन थालेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले मर्नेमध्ये ३५ बालक तथा ५८ महिला भएको जनाएको छ। कति सर्वसाधारण र सेनाका व्यक्ति भन्ने उल्लेख गरिएको छैन।

स्वास्थ्य मन्त्री फिरास अबियादले आक्रमणले हजारौँ परिवार विस्थापित भएको जनाएका छन्। संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेजले लेबनान अर्को गाजा बन्न लागेकोमा चिन्ता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि चासो व्यक्त गरेका छन्।

लेबनानको सीमामा रहेको गाजामा करिब एक वर्षपछि युद्ध भएपछि अहिले लेबनानमै आक्रमण सुरु भएको छ। यस आक्रमणमा मर्ने सयौँ मध्य धेरै जना हिजबुल्लाहका कमान्डर छन्। हिजबुल्लाहले आफूहरूले हमासको सहयोगका लागि लडी रहको तथा युद्ध विराम नभएसम्म यो कायम रहने जनाएको छ।

हमास र हिजबुल्लाह दुवै समूहलाई इरानको साथ रहेको छ। ती समूहलाई इजरायल, अमेरिका, बेलायत तथा अन्य धेरै पश्चिमा शक्तिले आतङ्ककारी घोषणा गरेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : २९ बजे

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३