ट्रम्पको हत्या गरे एकलाख ५० हजार डलर पुरस्कार दिन चाहन्थे राउथ « Khabarhub

ट्रम्पको हत्या गरे एकलाख ५० हजार डलर पुरस्कार दिन चाहन्थे राउथ


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत साता वेस्ट पाम बीचमा भएको गोली काण्डका आरोपी रेन वेस्दी राउथकाबारे थप रहस्य पत्ता लागेको छ।

उनले ट्रम्पलाई मार्ने इच्छा रहेको पत्र लेखेका थिए । सोमबार सरकारी वकिल कार्यालयका कानुन व्यवसायीहरूले यसलाई दर्ता गरेका छन् ।

अहिले सुनुवाइ भइरहेको यस मुद्दाको कुनै टुङ्गो लागेको छैन । केही दिनलाई मुद्दा चल्दै गर्दा अभियोजकहरुले योजना परिवर्तन गरेका हुन् ।

उनले आफ्नो घरमा छाडेको एक बाकसको खानतलासी लिइएको छ । सो बाकसमा गोला, बारुद, फलामे पाइप, फोन तथा थुप्रै पत्रहरू थिए ।

संसारलाई सम्बोधन गर्दै लेखिएको एउटा पत्र यस्तो थियो‘ ‘ट्रम्पलाई मार्ने योजना मैले बनाए पनि बारम्बार असफल भएँ । मैले यसलाई गम्भीरतापूर्वक लिएको छु । बाँकी संसारको यो काम फत्ते गर्ने जिम्मेवारी हो । म यो काम फत्ते गर्नेलाई १ लाख ५० हजार अमेरिकी डलर दिन तयार छु ।’

उनको फोन डाटा हेर्दा पनि उनी गल्फ कोर्समा विस्फोट हुनु १२ घण्टा अघिदेखि नै त्यहीँ थिए ।

उनको अर्को फोनबाट राउथले महिनौँदेखि गुगलमा ट्रम्प र उनी गल्फ खेल्ने गल्फ कोर्स र बाटोकोबारे खोजी गरेको देखिएको छ ।

कानुन व्यवसायीहरूकै अनुसार १४ अगस्टमा उनी नर्थ क्यारोलिनबाट वेस्ट पाम बीच पुगेका थिए ।

१८ अगस्ट देखि १५ सेप्टेम्बरको अवधिमा उनी धेरै पटक त्यस बाटोमा हिँडेका थिए उनको कारमा फेला परेका ६ मध्येको एउटा फोनमा गल्फ कोर्समा मेक्सिको जाने विषयमा गुगल सर्च गरिएको थियो ।

उनले आफ्नो सामाजिक सञ्जालमा सन् २०१६ मा ट्रम्पलाई मतदान गरे पनि निराश बनाएको उल्लेख गरेका छन् ।

यसै गरी उनले प्रकाशित गरेको पुस्तकमा इरानलाई ट्रम्पलाई मार्न स्वतन्त्र छौ भनेर उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : २१ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको