दुई अर्बको टेक्सटाइल र एक अर्ब बढीको चिया निर्यात « Khabarhub

दुई अर्बको टेक्सटाइल र एक अर्ब बढीको चिया निर्यात


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को दुई महिनामा नेपालबाट झण्डै २ अर्बको कार्पेट, टेक्सटाइल निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा नेपालबाट १ अर्ब ९९ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको कार्पेट, टेक्सटाइल सामग्री निर्यात भएको हो ।

विभागको तथ्यांकअनुसार सो अवधिमा नेपाली कार्पेट तथा टेक्सटाइल उत्पादकहरूले सबैभन्दा धेरै अर्थात् १ अर्ब ३० करोड ९९ लाख ५९ हजार बराबरको कार्पेट टेक्सटाइल अमेरिका निर्यात गरेका छन् ।

त्यस्तै समीक्षा अवधिमा उत्पादकहरूले नेपालबाट १ अर्ब बढीको कालो चिया निर्यात गरेका छन् । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा १ अर्ब १४ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको ४४ लाख २० हजार २४६ केजी चिया निर्यात गरेका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : २१ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच