ब्रेकिङ स्टोरी

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिन बन्द

By खबरहब

September 24, 2024

मकवानपुर– सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ ।

हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको उक्त सडकखण्ड अन्तर्गत दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न अनुरोध गरिएको छ ।