दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए  « Khabarhub

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौ मात्रै ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका हुन् । 

नेपालले दुई महिनाको अवधिमा विदेशबाट ४ लाख ५४ हजार ९ सय ५८ थान मोबाइल नेपाल आएको तथ्यांकले देखाएको छ । केही समयअधिसम्म सुनसान बनेको मोबाइल व्यवसय अहिले भने चलायमान बन्दै गएको छ । 

यस्ता स्मार्टफोनहरू नेपालमा अस्ट्रेलिया, बंगलादेश, जापान, भारत ,चीन बेल्पिजयम, अमेरिका मेनमार्क, फिनल्याड, जर्मनी, मलेसिया ओमन बतार लगायतका विभिन्न देशहरूबाट आयात हुने गर्दछन् । नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।

 साउन र भदौमा मात्रै चीनबाट मात्रै ४ अर्ब ६ करोड ७२ लाख बराबरका ३ लाख १८ हजार ९ सय ३ वटा स्मार्ट फोन नेपाल भित्रिएका छन् । यस्तै भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मूल्य बराबरका १ लाख ३५ हजार ७६ वटा स्मार्ट फोन आयात भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका