एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट « Khabarhub

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन्। सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्ध एयरले लिएको छ।

साे कार्ड भएका ग्राहकहरूले चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको हो ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । 

यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ४९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन