मुखमा कालो टेप टाँसेर सडकमा दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू) « Khabarhub

मुखमा कालो टेप टाँसेर सडकमा दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू)


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई नि:शर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

मंगलबार मात्रै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाऊ महाअभियान नेपालले दुर्गा प्रसाईंको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन गरे ।

प्रसाईंको पक्षमा उत्रिएकाहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाउँदै प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘एक थोपो रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेर प्रसाईंले दिएको अभिव्यक्तिलाई प्रिन्ट गरेर पनि प्रदर्शन गरेका छन् ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : २३ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण