२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ? « Khabarhub

२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ?


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । गत साउन ३१ गते ३ हजार दशमलब ८१ को बिन्दुमा पुगेको नेप्से २० प्रतिशत भन्दा बढीले घटेर मंगलबार २४७०.३९ को बिन्दुमा रोकिएको हो ।

शेयर विश्लेषकहरूले नेप्सेमा २० प्रतिशत भन्दा बढीको गिरावट आउनु लाई ‘क्रयास’ भएको मान्नुपर्ने विश्लेषण गर्दै आएकोमा मंगलबारसम्म शेयरबजारमा देखिएको गिरावटले नेप्सेमा ‘क्रयास’ भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहे । मंगलबारको शेयर कारोबारमा २३३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १० वटा कम्पनीको शेयर मूल्य मात्रै झिनो अंकले बढ्यो । एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले देखाएको छ ।

मंगलबार नेप्सेमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार हुँदा फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैको अवस्था भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : १८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,