२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ? « Khabarhub

२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ?


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । गत साउन ३१ गते ३ हजार दशमलब ८१ को बिन्दुमा पुगेको नेप्से २० प्रतिशत भन्दा बढीले घटेर मंगलबार २४७०.३९ को बिन्दुमा रोकिएको हो ।

शेयर विश्लेषकहरूले नेप्सेमा २० प्रतिशत भन्दा बढीको गिरावट आउनु लाई ‘क्रयास’ भएको मान्नुपर्ने विश्लेषण गर्दै आएकोमा मंगलबारसम्म शेयरबजारमा देखिएको गिरावटले नेप्सेमा ‘क्रयास’ भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहे । मंगलबारको शेयर कारोबारमा २३३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १० वटा कम्पनीको शेयर मूल्य मात्रै झिनो अंकले बढ्यो । एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले देखाएको छ ।

मंगलबार नेप्सेमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार हुँदा फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैको अवस्था भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : १८ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा