अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने « Khabarhub

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो । 

महाशाखाको नेतृत्व र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्कको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने नेटवर्कका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले जानकारी दिए ।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए ।

विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको उनले बताए ।

सम्मेलनमा पूर्ण सत्रहरु, सामूहिक छलफल, कार्यशाला र प्रस्तुतिकरणहरु समावेश हुने र निष्कर्षलाई सरोकारवाला निकायमा सुझावका रुपमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ३२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले