अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने « Khabarhub

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो । 

महाशाखाको नेतृत्व र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्कको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने नेटवर्कका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले जानकारी दिए ।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए ।

विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको उनले बताए ।

सम्मेलनमा पूर्ण सत्रहरु, सामूहिक छलफल, कार्यशाला र प्रस्तुतिकरणहरु समावेश हुने र निष्कर्षलाई सरोकारवाला निकायमा सुझावका रुपमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ३२ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली