प्रसाईंलाई सर्वोच्चले छोड्न मानेन, सरकारी वकिलकहाँ दुई घण्टा बयान « Khabarhub

प्रसाईंलाई सर्वोच्चले छोड्न मानेन, सरकारी वकिलकहाँ दुई घण्टा बयान


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ ।

प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरजले हालेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो ।

सर्वोच्चले उक्त रिटमा सरकारको नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवास भक्तपुरको ठिमीबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

यसैबीच प्रसाईंले मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दुई घण्टा लामो बयान दिएका छन् ।

झन्डै २ घण्टा लामो बयानपछि उनलाई सरकारी वकिल कार्यलयबाट साइबर ब्यूरोले हिरासतमै फर्काएको छ ।

यसैबीच प्रसाईं वीर अस्पतालमा बसेर मंगलबार नै हिरासतमा फर्किएका छन् । पक्राउ परेपछि उक्त रक्तचापले सताएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया