प्रसाईंलाई सर्वोच्चले छोड्न मानेन, सरकारी वकिलकहाँ दुई घण्टा बयान « Khabarhub

प्रसाईंलाई सर्वोच्चले छोड्न मानेन, सरकारी वकिलकहाँ दुई घण्टा बयान


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ ।

प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरजले हालेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो ।

सर्वोच्चले उक्त रिटमा सरकारको नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवास भक्तपुरको ठिमीबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

यसैबीच प्रसाईंले मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दुई घण्टा लामो बयान दिएका छन् ।

झन्डै २ घण्टा लामो बयानपछि उनलाई सरकारी वकिल कार्यलयबाट साइबर ब्यूरोले हिरासतमै फर्काएको छ ।

यसैबीच प्रसाईं वीर अस्पतालमा बसेर मंगलबार नै हिरासतमा फर्किएका छन् । पक्राउ परेपछि उक्त रक्तचापले सताएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ०२ बजे

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र