चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन « Khabarhub

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन्। 

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिए। उनले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरे।

‘चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । नागरिक सेवा चुस्त बनाउँदै प्रहरीप्रति  थप भरोसा र विश्वास बढाउने गरी केन्द्रित हुन आवश्यक छ’ उनले भने ।  

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्यलगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ५६ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै