कुलोमा डुबेर एक बालिकाको मृत्यु | Khabarhub Khabarhub

कुलोमा डुबेर एक बालिकाको मृत्यु


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा– सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर अगाडि खेल्दै गरेकी खातुनलाई नदेखेपछि परिवारले आज दिउँसो प्रहरीमा खबर गरेका थिए ।

 तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा घरदेखि एक सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

यसैबीच सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा हिजो करेन्ट लागेर दुई वर्षीय एक बालकको मृत्यु भएको थियो । 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक