एलन मस्कको अभियान अवैध हुने अमेरिकी न्याय विभागको चेतावनी | Khabarhub Khabarhub

एलन मस्कको अभियान अवैध हुने अमेरिकी न्याय विभागको चेतावनी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको न्याय विभागले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग गर्ने एलन मस्कको अभियान समूह प्याक अवैध हुने चेतावनी दिएको छ। अमेरिकाको १ मिलियन अमेरिकी डलर दिने अभियान सङ्घीय कानुन अनुसार अवैध हुनसक्ने चेतावनी त्यहाँको न्याय विभागले दिएको हो।

बिलिनियर मस्कले स्विङ राज्यमा याचिकामा हस्ताक्षर अभियान चलाएका हुन्। यसरी हस्ताक्षर गर्नेलाई प्रत्येक दिन १ मिलियन डलरका दरले प्रदान गरिने छ। केही कानुन विज्ञले मतदातालाई पैसाबाट प्रभाव पार्ने काम गैरकानुनी हुने चेतावनी यसअघि नै दिइसकेका थिए।

लोटरी शैलीको पहिलो जम्बो चेक १९ अक्टोबरका दिन पेनेसेल्भिनियामा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।
मस्कको यो अभियान जर्जिया, नेभाडा, एरिजोना, मिचिगन, विन्सीन्सकन र उत्तरी क्यारोलिनामा छ। पेनेसेल्भिनियामा यसरी हस्ताक्षर गर्नेलाई सय अमेरिकी डलर प्रदान गरिएको हो। अर्को एक जनालाई हस्ताक्षर गर्न प्रेरित गर्नेलाई ४७ अमेरिकी डलर प्रदान गरिएको छ।

अहिले ट्रम्पका समर्थकले ह्यारिसलाई स्टोन कोल्ड लुजरको संज्ञा दिन थालेका छन्। अहिले चलीरहेको अर्ली भोटिङमा बुधबार ह्यारिसका चुनावी सहयात्री टिम वाल्जका छोरा १८ वर्षीय गुसले पनि मतदान गरे। ट्रम्पले पनि अली भोटिङ गर्ने बताएका छन्। उनले आफ्ना समर्थकलाई पनि अर्ली भोटिङका लागि सुझाएका छन्।

अहिले स्विङ राज्यको सर्वेक्षणले ट्रम्पलाई बलियो देखाएको छ। १६ इलेक्ट्रोल मत रहेको जर्जिया तथा ११ इलेक्ट्रोल मत रहेको एरिजोनामा ट्रम्प २ प्रतिशत भन्दा बढी मत भारले अघि छन्। १९ मत रहेको पेनेसेल्भियना तथा १६ मत रहेको नर्थ क्यारोलिनमा पनि ट्रम्प ११ प्रतिशत भन्दा कम अन्तरले अघि देखिएका छन्। १५ मत रहेको मिचिगन, १० मत रहेको विन्सकिन्सन र ६ मत रहेको नेभाडामा ह्यारिस १ प्रतिशत भन्दा कम मत अन्तरले अघि छिन्।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : २९ बजे

‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं– चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या

पाकिस्तानको क्वेटामा बम विस्फोट, १३ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं– पाकिस्तानको क्वेटामा बम विस्फोटमा परी १३ जनाको मृत्यु भएको

काठमाडौंमा मनाइने इन्द्र जात्रा: वर्षा र सांस्कृतिक पर्वको उत्सव

काठमाडौं – नेपाल, जसलाई बहुजातीय र बहुसांस्कृतिक देशको रूपमा चिनिन्छ,