घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी « Khabarhub

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीय खुसी भएका छन् । सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीय खुसी भएका हुन् ।

घुम्ती शिविरबाट घरदैलोमै सेवा पाउँदा सहज भएको म्याग्दे गाउँपालिका–१ का दुर्गा रानाले बताए । पालिकाबाट प्रदान गरिने सेवा लिन प्रमुख प्रशासनिक केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेकामा पालिकाले घरदैलोमा आएर सेवा दिँदा सजिलो भएको उनको भनाइ छ ।

गत असोज ६ गतेदेखि सुरु गरिएको एकीकृत सेवा शिविर वडा नम्बर १, २, ३ र ७ मा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडा नम्बर १ को बाख्रे, वर्च्याङ, गुणादी, वडा नम्बर २ को गुन्जरा र पार्टीचौर, वडा नम्बर ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा एकीकृत घुम्ती शिविर सम्पन्न भइसकेको छ ।

दशैँ पश्चात वडा नम्बर ४, ५ र ६ मा एकीकृत घुम्ती शिविर सुरु गरिएको र जसअनुसार वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश माविमा मङ्गलबार र सोही वडाको छिम्लीस्वाँरा कालिका मोइ समूह भवनमा बुधबार शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

वडा नम्बर ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटारमा आज र भोलि तथा वडा नम्बर ६ को सर्वलाङ, रत्न मावि, तिलाहार र गाउँस्वारा र अकला सामुदायिक भवनमा कात्तिक ११ र १२ गते शिविर सञ्चालन गरिने पालिकाले जनाएको छ ।

पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा सहज तरिकाले जनतासामु पुर्‍याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, भिडियो एक्सरेसहित गर्भवती परीक्षण, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रिनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : ०४ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री