संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा « Khabarhub

संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ पहिलो पटक प्रकाशन भएको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ ।

पर्वतस्थित दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जात व्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत वर्ष संस्करण’काे रुपमा बजारमा ल्याएको हो ।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन् । उनले ‘उपन्यासको मूलविषय  र दृष्टिकोणलाई यथावत् राखेर वर्णन र वृत्तान्त एवम् संरचना र शैलीमा सानोतिनो गोडमेल भएको बताए ।

२०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको सङ्गीत’ आमपाठक वृत्तमा बहुचर्चित भएपनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रुपमा समेत प्रचारित भएको थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेका थिए ।

यसबारे संग्रौला भन्छन्– ‘मार्क्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो ।’

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ८ : २७ बजे

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री