अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा अमेरिकामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।

भेटका अवसरमा उनीहरुबीच एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेलले नेपालको विकास निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकोमा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिभएको राजदूतावासले जनाएको छ ।

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिए ।

उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ९ : ४४ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको