पशुपतिको धर्मशाला महानगरलाई दिएकोमा पर्यटनमन्त्रीको असन्तुष्टि « Khabarhub

पशुपतिको धर्मशाला महानगरलाई दिएकोमा पर्यटनमन्त्रीको असन्तुष्टि


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।

मन्त्रालय सम्हालेको सय दिनमा भएका कामबारे जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानुनी र शान्तिपूर्ण समाधान खोज्ने गरि अध्ययन समिति गठन गरेको बताए ।

त्यसको प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने उनले बताए ।

पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालन र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको उल्लेख गरे ।

मारवाडी सेवा समिति अदालत गएकाले त्यहाँको आदेशलाई सम्मान गर्दै अघि बढ्ने उनले स्पष्ट पारे। उनले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन अध्ययन भइरहेकाले चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने पनि जिकिर गरे ।

निगम सञ्चालनका लागि कानुनी वा नीतिगतका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उनले बताए । उनले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्ययन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको जानकारी दिए ।

हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तराष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको बिशेष ध्यान केन्द्रीत भएको मन्त्री पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ३९ बजे

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई