सरकारले विकासमा तीव्रता दिनुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

सरकारले विकासमा तीव्रता दिनुपर्छ : शेखर कोइराला


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन्  ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बिहिबार आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे। मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे। नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १२ : ३७ बजे

कृषक बाहुल्य नेपाली परिवार : भान्सामा पाक्छ आयातित आलुप्याजको तरकारी

काठमाडौं – राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत

नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

काठमाडौं– नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार

कुशल ‘फ्लप’ हुँदा दबाबमा पोखरा, दुवै खेलमा फराकिलो पराजय

काठमाडौं- धरहरा परिसरमा गत मंसिर ११ गते आयोजित नेपाल प्रिमियर

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

एजेन्सी — चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा

जित्यो जनकपुरले (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले जिनतलाई निरन्तरता