‘बजारमा सिटामोलको अभाव छैन’ « Khabarhub

‘बजारमा सिटामोलको अभाव छैन’


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि लिमिटेडले देशभर डेंगीको सङ्क्रमण बढेको अवस्थामा समेत बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको लिमिटेडले जानकारी गराएको छ । 

साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १२ : ५६ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको