सरकारले कामको गति बढाउनुपर्छ, अहिले विकल्पबारे सोच्न सकिँदैन : शेखर कोइराला « Khabarhub

सरकारले कामको गति बढाउनुपर्छ, अहिले विकल्पबारे सोच्न सकिँदैन : शेखर कोइराला


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् ।

बिहीबार विराटनगर स्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा. कोइरालाले करिब दुईतिहाइको सरकार भएकाले अन्य काममाभन्दा सहमतिअनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने बताए।

वर्तमान सरकार नेपाली कांग्रेस र एमालेबीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको उनले बताए ।

अब सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उनले उल्लेख गरेका छन् । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरे पनि पर्याप्त नभएको उनले बताए ।

कोइरालाले न्यायापालिकाको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए ।

उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको जिकिर गरे ।

आफूलाई पाटीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको बताउँदै उनले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने पनि बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनको गुनासो थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ०३ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन