पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन | Khabarhub Khabarhub

पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीसहितका पीडितले बचत फिर्ता मागसहित प्रदर्शन गर्दैछन् ।

बिहीबार बिहान ११ बजेदेखि पोखराको मुस्ताङचोकमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीका अनुसार आन्दोलनलाई कास्कीस्थित दलहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता जनाएका छन् । दुवै पार्टीले झण्डा नबोकी सहकारी पीडितको आन्दोलनमा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेका थिए ।

संघले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू घर-घर पसेर सहकारी पीडितलाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्न पनि समितिले भनेको छ ।

संघले रास्वपाका नेता कार्यकर्ताले पीडितलाई लखेट्ने र पिट्ने गरेको आरोप लगाएको छ । आफूहरूले उठाएको गम्भीर मुद्दालाई राजनीतिक गिजोलेर सामान्यीकरण गर्न खोजिएको संघले जनाएको छ ।

आन्दोलनमा सहभागिता कमजोर भएपछि बुधबार रास्वपाका नेताहरू पोखराबासीको घरघर छिरेका थिए । उनीहरूको आन्दोलनमा देशभरबाट बोलाइएका रास्वपा कार्यकर्तामात्रै छन् । शनिबार चिप्लेढुंगामा जनसहभागिता देखेर उत्साहित रास्वपा अहिले समर्थक घट्दै जाँदा तनावमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : २४ बजे

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न