रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा « Khabarhub

रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा थालेको आन्दोलन अब काठमाडौंकेन्द्रित गर्ने भएको छ ।

पोखरामा सहकारी पीडितहरू प्रदर्शनमा उत्रिनुका साथै स्थानीयको समर्थन नमिलेपछि रास्वपाले आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्ने भएको हो ।

पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समार्फत् रास्वपाको आन्दोलन काठमाडौंकेन्द्रित हुने जानकारी दिएका छन् ।

उनले आन्दोलन अन्तर्गत शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिने बताएका छन् ।

‘दुईतिहाइ सरकारको दम्भ र राजनीतिक प्रतिशोधविरुद्धको शान्त, सौम्य ऐक्यबद्धताका लागि भोलि (शुक्रबार) दिउँसो १ बजे माइतीघर मण्डल, काठमाडौं,’ बोहराले आन्दोलनका लागि आह्वानसहित एक्समा लेखेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : १४ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र