माल्दिभ्सविरुद्ध गोल वर्षा गर्दै सेमिफाइनलमा भुटान | Khabarhub Khabarhub

माल्दिभ्सविरुद्ध गोल वर्षा गर्दै सेमिफाइनलमा भुटान


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भुटानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरेकी थिइन् । 

जितसँगै भुटान समुह बी को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भुटानको ३ खेलमा ७ अंक भएको छ र सेमिफाइनलको स्थान पक्का गरेको छ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजेदेखि सुरु हुँदै छ । 

अब नेपाल सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्छ भने समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने भएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ४ : ०६ बजे

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’लोकार्पण

काठमाडौं – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इन्जिनियर

विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता