गणतन्त्र संस्थागत हुन सकेन, उपलब्धिहरू उल्टिन सक्छन् : विप्लव « Khabarhub

गणतन्त्र संस्थागत हुन सकेन, उपलब्धिहरू उल्टिन सक्छन् : विप्लव


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘सी’ले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताएका छन् ।

नेपाली राजनीति अस्थिरतातर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको बताउँदै विप्लवले त्यसको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।

नेकपा दाङले देउखुरीमा बिहीबार गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताए ।

संसदवादी दलहरू असफल र बदनाम हुदै जाँदा जनतामा निराशा बढेको बताउँदै विप्लवले यसको समाधान समाजवादी व्यवस्थाबाट मात्रै हुने दाबी गरे ।

विप्लवले राज्य संयन्त्रको नेतृत्व नै भ्रष्टाचारको केन्द्र भएको बताए । राज्य संयन्त्रको भूमिकामा रहेकाहरू दिनप्रतिदिन भ्रष्टाचार र अनियमिततामा संलग्न हुँदै गएको उनको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रले केही उपलब्धि दिए पनि त्यसलाई संस्थागत गर्न संसदीय दलहरू असफल भएको बताउँदै उनले उपलब्धि उल्टाउने प्रयास गरिएको दाबी गरेका छन् ।

क्रान्तिकारी र समाजवादी आन्दोलनले मात्रै राष्ट्रिय समस्या समाधान दिने भन्दै अस्थिर र अस्थायी रङ्गमञ्चबाट मुलुकले निकास नपाउने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ४ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको