लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश « Khabarhub

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त चौधरीले राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्ति पार्टीले विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहिसकेका उपाध्यक्ष चौधरीले लोसपा परित्याग गरेको जनाएको छ ।

मुक्ति क्रान्तिले अर्को सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ र बागमती प्रदेश समिति अध्यक्ष दलबहादुर तामाङले पनि दल त्याग गरेर आफ्नो पार्टी प्रवेश गरेको जनाएको छ । 

मुक्त क्रान्तिका अनुसार नागरिक उन्मुक्तिकै केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि उक्त पार्टीमा समाहित भएका छन् ।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई पनि दर्जनौं समर्थकसहित पार्टीमा समाहित भएका विज्ञप्तिमा उल्लेख छ । सबै नेताहरूलाई खादामाला लगाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएको मुक्ति क्रान्तिले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ५ : ४१ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर