लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान « Khabarhub

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्दै डेंगी नियन्त्रणको लागि देशव्यापी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् ।

एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डेंगीको प्रकोपले नेपालका केही जिल्लाहरूमा गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको उल्लेख गर्दै यसबाट बच्न लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘आदरणीय आमा(बुबा, दिदी(बहिनी तथा दाजुभाईहरु, डेंगी सार्ने लामखुट्टेको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको पानी जम्ने ठाउँहरू खोजेर त्यहाँका लामखुट्टेका लार्भारप्युपा नष्ट गर्नु हो। त्यसैले, कम्तिमा हप्तामा एक पटक, प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेटको लागि देशव्यापी रुपमा यो अभियान चलाउन सबैको सहभागिता आवश्यक छ ।’

प्रधानमन्त्रीले यो अभियानमा सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानकर्ताहरु तथा आम नागरिकहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘नागरिक स्वस्थ भए मात्र समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ ।’

डेंगी नियन्त्रणका लागि देशभरि एकीकृत प्रयास आवश्यक रहेको बताउँदै उनले लामखुट्टेको प्रजनन स्थलहरू जस्तै पानी जम्ने ठाउँहरू हटाएर प्रकोपलाई रोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ९ : ५२ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका