बेलबारी गोल्डकपः झापा ११ फाइनलमा « Khabarhub

बेलबारी गोल्डकपः झापा ११ फाइनलमा


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मोरङ – बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जीत निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।

झापाको जीतका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उनले २८औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे। झापाले दोस्रो गोल पेनाल्टीमार्फत ग¥यो ।

खेलको ८९औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ ।

आशिष प्लेयर अफ द म्याच घोषित भए । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  १० : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको