बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना « Khabarhub

बराबरीमा रोकियो शीर्ष स्थानको बार्सिलोना


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेलमा २ गोललेपछि परेको सेल्टा भिगोले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको छ। स्पेनिस ला लिगाको तालिकामा १४ खेलमा ३४ अङ्कसहित शीर्ष स्थानमा रहेको बार्सिलोना गएराति भएको खेलमा बराबरीमा रोकिएको हो।

शनिबार भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाका लागि १५ औँ मिनेटमा राफिन्हा तथा ६१ औँ मिनेटमा रोबर्ट लेडवास्कीले गोल गरेका थिए।

जवाफमा सेल्टा भिगोका लागि ८४ औँ मिनेटमा अल्फान गोल्जालेज तथा ८६ औँ मिनेटमा हुँगो अल्भारेजले गोल गरेका थिए। गोन्जालेलको गोल गर्नु दुई मिनेट अघि मात्र मार्क कासाडोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

शनिबार भएका स्पेनिस ला लिगका अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ४-२ ले, एट्लेटिको म्याड्रिडले डेपोर्टिभो ला अल्भासलाई २-१ ले, गिरोनाले इस्पानियोललाई ४-१ ले तथा तथा मालोर्काले लास पल्मासलाई ३-२ ले हराएका छन्।

स्पेनिस ला लिगाको तालिकामा बार्सिलोना पहिलो स्थानमा हुँदा एट्लेटिको म्याड्रिड २९ अङ्कसहित दोस्रो स्थानमा छ। रियल म्याड्रिड १२ खेलमा २७ अङ्क सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ६ : ३४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको