आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित « Khabarhub

आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खराब खेल प्रदर्शन गर्दै आएको आर्सनलले इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ।

आर्सनलले गएराति नटिङघम फरेस्टमाथि ३-० को जित हात पारेको हो। आर्सनलको पछिल्ला ५ प्रिमियर सिपको खेलमा यो पहिलो जित हो। खेलाडीको चोट तथा कठिन खेलका कारण आर्सनल धेरैपछि परेको थियो।

खेलको १५ औँ मिनेटमा मार्टिन ओडेगार्डको पासमा बोकायाका साकोले पहिलो गोल गरे। मध्यान्तरपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थोमस पार्टीले दोस्रो गोल गर्दा एथेन नानरीले तेस्रो गोल गरेका हुन्।

प्रिमियर सिपको अंक तालिकामा २२ अंकसहित आर्सनल चौंथो स्थानमा छ। २२ अंक नै रहेको ब्रिङटन पाँचौँ स्थानमा छ। ११ खेल कम खेलेको लिभरपुल २८ अंकसहित शीर्ष स्थानमा छ। नटिङघम फरेस्ट १९ अंकसहित सातौँ तथा १९ अंक भएको अस्टन भिल्ला आठौँ स्थानमा छन्।

शनिबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई ब्रिङटनले २-१ ले हराएको छ भने अस्टन भिल्ला र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेले। एभरटन र ब्रेन्ट फोर्डको खेल गोलरहित बराबरीमा सकिँदा उल्भ्सले फुलहामले ४-१ ले हरायो।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्